INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित वडा सदस्य सहित पाँच जना गिरफ्तार

डाकनेश्वरी नपा–७ ब्रह्मपुर की ५५ वर्षीया मानशेरदेवी मण्डलको असार २७ गते हत्या गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–७ का वडा सदस्य ४० वर्षीय बिरेन्द्रकुमार साहसहित पाँच जनालाई सोही दिन गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा वडा सदस्य साहसहित सोही ठाउँका ३५ वर्षीय कारी साह, ५५ वर्षीय रामप्रसाद साह, २२ वर्षीय धनबिर साह र १५ वर्षीय बालक रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका इन्स्पेक्टर धर्मराज मुडभरीले बताउनु भयो ।

मृतकका देवर शत्रुघन मण्डलले दिनु भएको जानकारी अनुसार कुटपिटबाट मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरियाप्रबाहाबाट खटिएको प्रहरी टोलीले आरोपितहरूलाई गिरफ्तार गरेर इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी लगेको छ ।

पोखरीमा माछा मार्ने विषयमा भएको विवाद साम्य पार्न गएकी मण्डलको टाउकोमा आरोपितहरूले बाँसको लठ्ठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको मृतकका भतिजा पञ्चनारायण मण्डलले इन्सेक प्रतिनिधिलाई प्रत्यक्ष भेटेर जानकारी दिनु भयो ।

उहाँका अनुसार कुटपिटमा घाइते सोही ठाउँकी ३५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

शवलाई पोष्टमार्टमका लागि असार २७ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । कुटपिट घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताउनु भयो ।

अन्य

भिडियो