INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

गोलबजार नपा–५ की १५ वर्षीया पिन्टुकुमारी साहलाई हत्या गरेको आरोपमा गोलबजार नपा–२ का १८ वर्षीय राजुकुमार साहलाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई गोलबजार नपा–४ स्थित चिल्ड्रेन बोर्डिङ्ग स्कुलमा असार २३ गते बेलुका लगेको मृतक बालिकाको दाजु राजु साहको आरोप छ ।

बिहान असार २४ गते विद्यालयमै बहिनी झुण्डिएको अवस्थामा भेटिएकोले आरोपितले नै हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा असार २४ गते उजुरी दिएको उहाँले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित र बालिकासँगै विद्यालयमा गएको विद्यालयको सीसीटिभि फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले बताउनु भयो । इन्स्पेक्टर पुरीले बाँकी कुरा पोष्टमार्टमको रिपोर्ट आएपछि खुल्ने उहाँले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम कोशी अञ्चल अस्पताल विराटनगरमा असार २५ गते भएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो