२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–६ का २२ वर्षीय राकेशकुमार चौधरीलाई असार २२ गते गिरफ्तार गरेको छ ।
मदिरा सेवन गरेका आरोपित चौधरीले असार १९ गते राति पीडित महिलाको संवेदनशील अङ्गहरूमा हातपात गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असार २१ गते उजुरी दिनु भएको थियो ।
यौन दुर्व्यवहार गरेको देखेर पीडितका ससुरा र देवरले असार १९ गते राति आरोपित चौधरीलाई कुटपिट समेत गरेका छन् ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार २० गते स्वास्थ्य परीक्षण भएको छ ।
गिरफ्तार आरोपितविरुद्ध उजुरी दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरका धर्मराज मुडभरीले बताउनु भयो ।