राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ट्वीटरमार्फत व्यक्त गर्नुभएको भनाइप्रति आयोगका अध्यक्ष अनूपराज शर्माले असार २५ गते विज्ञप्ति जारी गरेर खण्डन गर्नुभएको छ ।
‘अन्सारीले असार २३ गते ट्वीटरमा समाजवादी पार्टीले आफ्ना संसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक छ भनी सार्वजनिक सञ्जालमा व्यक्त गरिएका कुराहरूप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’-विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ-‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई “खेद्जनक” तथा “कथित् छानविन प्रतिवेदन” भनी दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ ।’
असार १५ गते मात्रै भ्रम सिर्जना हुनेगरी नबोल्न सदस्यहरूलाई सचेत गराइएको पनि आयोगले जनाएको छ ।