INSEC Online

📅 २०८३ जेष्ठ २१

इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार

रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३ वर्षअघि जिउँदै मान्छे जलाएको उक्त घटनामा संलग्न रहेको आरोप लागेका राजपुर नपा–६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई प्रहरीले असार १८ गते गिरफ्तार गरेको छ ।

बारा जिल्ला सिम्रौनगढ नगरपालिका स्थित नेपाल–भारत सीमा क्षेत्रबाट असार १८ गते आरोपित सराजलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताउनु भयो ।

गिरफ्तार सराजले काँग्रेस नेता आफ्ताब आलमको निर्देशनमा आफूले मृत्यु भएका दुई/तीन जना र घाइते भएका १६ जनालाई बोरामा राखि ट्याक्टरबाट इँटा भट्टाको चिम्निमा लगेर जलाएको बयान दिएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

सराजलाई जिल्ला अदालत रौतहटमा असार १९ गते पेश गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाको मुख्य योजनाकार मानिएका काँग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीका अनुसार ०६४ चैत २८ गतेको संविधान सभाको चुनावलाई लक्षित गरी आफ्ताव आलमले आफ्ना काका शेष इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए ।

उक्त घटनाका सम्बन्धमा इन्सेक लगायतका संस्थाहरुले स्थलगत अध्ययन गरी ०७५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सर्वाजनिक गरेका थिए ।

अन्य

भिडियो