११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बुबालाई असार २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार २० गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको मौखिक उजुरीपछि आरोपितलाई गिरप्mतार गरिएको छ भने पीडित पक्षले असार २१ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सई टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २० गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।