१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङको ताराखोला गाउँपालिका–२ खल्डाँडाका २१ वर्षीय रेशम वनलाई असार १८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार १७ गते दिउँसो जङ्गलमा बाख्रा हेर्न गएको समयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १८ गते बिहान प्रहरी चौकी ताराखोलामा उजुरी दिएको सई युवराज सलामीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १८ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।