INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–२ घर भइ  हाल मल्लाज–४ बस्ने ५० वर्षीय सर्भलाल परियारलाई असार १४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरमा काम गर्दै गरेको अवस्थामा असार १३ गते राति ८ बजे यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा असार १४ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरूद्ध बालयौन दुरूपयोग अपराध शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।

अन्य

भिडियो