INSEC Online

📅 २०८३ जेष्ठ २१

मुसल प्रहार गरी हजुरआमाको हत्या गरेको आरोपमा नाति गिरफ्तार

गन्यापधुरा गाउँपालिका – २ कुवँरगाँउकी ७३ वर्षीया राधादेवि गरीलाई जेठ २७ गते २४ वर्षीय नाति रोशन गिरीले टाउँकोमा मुसल प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठ २८ गते  गिरफ्तार गरेको छ ।

घटनामा संलग्न गिरीलाई अमरगढी नगरपालिका – ११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट जेठ २८ गते गिरफ्तार गरी प्रहरी हिरासतमाराखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताउनु भयो  ।

उहाँले भन्नु भयो – ‘ घरायसी विवाद हुँदा नातिले हजुरआमालाई मुसल प्रहार गरी घाइते बनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मृतकका आफन्तले किटानी जाहेरी पनि दिनुभएको छ । ’

मुसल प्रहारबाट टाउकोमा गम्भिर चोट लागेपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै बृद्धा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

अन्य

भिडियो