३१ वर्षीया महिलालाई जेठ ३१ गते राति लम्कीचुहा नगरपालिका – १ का २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिकले सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ३२ गते गिरफ्तार गरेको छ ।
लम्कीचुहा नगरपालिका – १ स्थित शहिद स्मृति माविमा स्थापना गरेको क्वारेण्टाइनमा स्वयमसेवकको रुपमा काम गर्दै आएकी पीडित महिलाले आफूमाथि सामुहिक बलात्कार गरिएको भन्दै इलाका प्रहरी कार्यालय लम्कीमा जेठ ३२ गते उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय,कैलालीमा पठाएको इलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर ज्ञानेन्द्र चन्दले बताउनु भयो ।
असार १ गते जिल्ला अदालतबाट म्याद थप गरी आरोपितहरुलाई हिरासतमाराखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।
सेती प्रादेशिक अस्ताल,धनगढीमा जेठ ३२ गते पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको डिएसपी विष्टले बताउनु भयो ।