INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम पश्चिम घटनाका दोषीमाथि कारवाहीको माग गर्दै मुख्यमन्त्री मार्फत प्रधामन्त्रीलाई महिलाअधिकारकर्मीको ध्यानाकर्षण

रुकुमको चौरजहारीमा अन्तरजातीय विवाहको विषयलाई लिएर घटेको घटनाप्रति महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

जेठ २१ गते संजालले ध्यानाकर्षण पत्र बुझाउँदै उक्त घटनामा जोडिएका दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।

कानुनले समेत अन्तरजातिय विबाहलाई मान्यता दिएको अबस्थामा घटको घटना गैरकानुनी सोच र जातीय चरम अहंकार चिन्तनको उपज रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सञ्जालको तर्फबाट अध्यक्ष तारामाया थापा, गैसस गण्डकी प्रदेश अध्यक्ष बिना सिलवाल , इन्सेक गण्डकी कार्यक्रम अधिकृत सवनम शर्मा लगायतद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कथित जातिय अहकांरका कारण ६ जना युवाको विभत्स हत्या गर्नु आफैमा निन्दनिय र लज्जास्पद भएको भन्दै दुखद घटनाको निश्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै पिडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिएको छ ।

‘विवाह योग्य भैनसकेकी किशोरीसंग विवाह योग्य युवकको विवाह रोक्न सक्ने प्रयाप्त सम्भावनाहरू हुदाँ हुदैपनी स्थानिय जनप्रतिनीधी भद्रभलाद्मीहरूले उनिहरूलाई प्रहरी प्रशासन रोहवरमा सम्झाई बुझाई गर्नुपर्नेमा सो नगरी यस्तो निर्दयी घटनमा घट्नु मानव इतिहास कै कलंक हो’,ध्यानकर्षण पत्रमा उल्लेख छ ।

पत्र बुझ्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरिनुपर्ने बताउनु भयो । उहाँले क्रुर मानविय अपराधको रुपमा उक्त घटनालाई लिएको भन्दै ध्यानाकर्षण पत्र भोली नै संघिय सरकारलाई पठाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अन्य

भिडियो