INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका र युवतीलाई सामूहिक बलात्कार

१५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको छ । भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना भएको हो । इलाका प्रहरी कार्यालय लहानका अनुसार दुवै जनालाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।

उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।

लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम नखुलेको डिएसपी थापाले बताए । पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा कात्तिक २३ गते गरिएको छ ।

अन्य

भिडियो