INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षमाथि कुटपिट, आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष ५० वर्षीय भरत महरालाई जेठ ६ गते सोही गाउँपालिका–३ का २७ वर्षीय राजित धामी, २६ वर्षीय कृष्ण जोशी, २२ वर्षीय हरिस साउद र २३ वर्षीय नविन जोशीले कुटपिट गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।

लकडाउनको उल्लङ्घन गर्दै गाडी किन चलाएको भनेर वडा अध्यक्षले भन्दा स्थानीय युवकहरूले  सिल्लेगडा बजारमा अध्यक्ष महरालाई कुटपिट गरेपछि अरोपित युवाहरूलाई घटना भएलगत्तै गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पाटनका इन्स्पेक्टर धनदेव साँउदले बताउनु भयो ।

कुटपिटबाट वडा अध्यक्ष महराको नाक,मुख,टाउको र पेटमा चोक लागेको  र उपचारका लागि धनगढी जानु भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो