बाँके कारगारमा कैद भोगिरहेका नेपालगञ्ज उपमनपा–४ का ६१ वर्षीय सिताराम बैश्यको वैशाख २५ गते उपचारको क्रममा मृत्यु भएको छ ।
कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार बैश्यको भेरी अस्पताल, नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अदालतबाट पाँच वर्ष कैद सजाय पाएका बैश्य ०७३ सालदेखि लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
मृतक सुगर र जन्डिसको बिरामी रहेको र वैशाख २० गतेदेखि भेरी अस्पतालमा नियमित उपचार भइरहेको जेलर श्रेष्ठले बताउनु भयो ।
भेरी अस्पतालका मेडिकल सुपरिण्डेण्ट डाक्टर प्रकास थापाले बैश्यको उपचार क्रममा मृत्यु भएको र दिर्घरोगी भएकाले शवको पोष्टमार्टम नगरिएको बताउनु भयो । वैशाख २५ गते शव परिवारको जिम्मा लगाइएको छ ।