INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–१ का २२ वर्षीय रमेश महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई वैशाख २४ गते राति बलात्कार गरेको आरोपमा कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख २५ गते उजुरी दिइएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २५ गते भएको छ ।

अन्य

भिडियो