INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले चोरी कबुल गर्न दबाब दिँदै यातना दिएको पीडित पक्षको आरोप

बर्जु गाँउपालिका–५ का ३७ वर्षीय मनिकलाल पण्डितले प्रहरीले चोरी गरेको कबुल गर्न दबाब दिएर यातना दिएको आरोप लगाउनु भएको छ ।

वैशाख १७ गते रामेश्वर यादवको पानी तान्ने मोटर चोरी भएको र मोटर धनीले वैशाख १९ गते प्रहरी चौकी बर्जुमा उजुरी दिएपछि प्रहरीले सोही दिन गिरफ्तार गरी हिरासतमा यातना दिएको पीडित पक्षको आरोप छ ।

पीडित मनिकलालका अनुसार प्रहरीले मोटर चोरी गरेको स्वीकार गर्न दबाब दिँदै वैशाख १९ र २० गते हिरासतमा राखी कुटपिट गरेका थिए ।

कुटपिटबाट घाईते भएका पीडितको वैशाख २२ गतेदेखि गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

पीडितका दाजु धनिकलाल पण्डितले प्रहरीले चोरी आरोपमा भाईसँगै दीपनारायण,पर्शुराम र लालगी पण्डितलाई गिरफ्तार गरेपनि दुईचार झापड हानेर छोडी दिएको थियो ।

प्रहरी चौकी बर्जुका सई नगेन्द्र थानदारको निर्देशनमा प्रहरीले लाठी,बुट र मुठ्कीले कुटपिट गरेको पीडित मनिकलाल पण्डितले बताउनुभयो ।

पीडितका भिनाजु हरिनाथ पण्डितले प्रहरीले तोकेको पाँच हजार रुपियाँ जरिबाना बुझाएपछि मात्र सालोलाई प्रहरीले रिहा गरेको बताउनुभयो ।

कुटपिट भएको विषयमा आरोपित सई नगेन्द्र थानेदारले कुनै प्रतिक्रिया दिन मान्नु भएन ।

अन्य

भिडियो