INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित परिवारले मङ्सिर ९ गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ९ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो