कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ।
लक्ष्मीपूजाको दिन कात्तिक २१ गते बुधबार यो घटना भएको हो। प्रहरीका अनुसार तीनजना युवकले पीडित बालिकालाई निर्माणाधीन रंगशालाको एउटा कोठामा बलात्कार गरेका हुन्।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथलीमा पठाएको छ। घटनामा संलग्न तीन जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धादिङ चैनपुरका २१ वर्षीय रविन इटनी, बर्दिया बगनाह घरभई मूलपानी बस्ने ३० वर्षीय डिल्लीराम थारु र २८ वषीय विक्कु थारुलाई नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीकाअनुसार घटनामा संलग्न तीनै जना निर्माणधीन रंगशालामा कामगर्ने मजदुर हुन्। बालिकासँग परिचित रहेका उनीहरुले बुधबार दिउँसो फकाएर कोठामा लगेपछि बलात्कार गरेका थिए। ‘बालिकाको सामुहिक बलात्कार भएको छ। आरोपी नियन्त्रणमा छन्। बालिकाको उपचार भइरहेको छ ।’-डिएसपी बोगटीले भने। समाचार साभारः नेपालखबर