INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन आयोगद्वारा उपनिर्वाचन लक्षित आचारसंहिता जारी

निर्वाचन आयोगद्वारा आउँदो मङ्सिर १४ गते गरिने उपनिर्वाचनलाई लक्षित गरी आचारसंहिता लागु गरिएको निर्वाचन आयोगद्वारा कात्तिक ७ गते जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी उक्त विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको रिक्त रहेको पदहरूका लागि निर्वाचन गरिने हुँदा निर्वाचन निष्पक्षताका लागि आयोगले निर्वाचनमा पारदर्शिता एवम् भयमुक्त वातावरण कायम राख्नको लागि आचारसंहिता कात्तिक ८ गते बाट लागू हुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यत्तिले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता २०७३ उपनिर्वाचनको लागि कात्तिक ८ गतेबाट लागु गरिनुका साथै आयोगले नीतिगत निर्णय गरी थप प्रावधानहरू उपचनिर्वाचनका लगि लागू गर्न र आवश्यक नदेखिएका निर्वाचन आचार संहिता २०७२ को दफा ५ खण्ड (ख) को (१क), दफा ५ खण्ड (ख १) को (३ क) हाललाई स्थगन गर्ने निर्णय समेत गरेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक दलको हकमा निर्वाचनको अन्तिम परिणाम प्राप्त नहुँदा सम्म सामान्य आचरण र विषयगत आचरणका विषयहरू लागू गरिएको उल्लेख छ ।

साथै उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नहुँदा सम्म जुलुस, आमसभा, बैठक जस्ता कार्यक्रम गर्दा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचरणहरू लगायतका विषयहरू विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो