INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका–२ पेरे गाउँका ३६ वर्षीय भैरे सार्कीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १९ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १९ गते प्रहरी चौकी डिल्लीचौरमा उजुरी दिएकी थिइन् ।

प्रहरी चौकी डिल्लीचौरले आरोपितलाई गिरफ्तार गरी कात्तिक २० गते नै जुम्लाको सदरमुकाम खलङ्गास्थित जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको उजुरीका आधारमा आरोपित सार्कीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाका इन्स्पेक्टर प्रकाश केसीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

अन्य

भिडियो