न्यून दृष्टिविहीन भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई चैत ११ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले चैत ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले अरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चैत १२ गते उजुरी दिएको प्रहरीले जनायो ।
उक्त उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण चैत १२ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।