५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा चौरपाटी गाउँपालिका–६ दुनीका ३१ वर्षीय नाउटे आउजीलाई अछाम अदालतले चार वर्षको कैद फैसला गरेको छ ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले फागुन २१ गते सुनाएको फैसलामा सोही घटनाका अर्का आरोपित १९ वर्षीय बुद्धी आउजीले भने सफाइ पाएको अदालतका नायब सुब्बा भुमिनन्द उपाध्यायले जानकारी दिए ।
गएको कात्तिक १५ गते राति भएको उक्त घटनामा कात्तिक १६ गते पीडित पक्षको उजुरीपछि नाउटेलाई कात्तिक १६ गते र बुद्धीलाई कात्तिक २० गते अछाम प्रहरीले गिरफ्तार गरको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १६ गते नै जिल्ला अस्पताल अछाममा गरिएको थियो ।
बलात्कार गरेको कसुरमा एक वर्ष कैद
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रामपुर