२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछाका २८ वर्षीय राजकुमार मोतेलाई जिल्ला अदालत उदयपुरले फागुन १५ गते कसुर ठहर गरेको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कारको प्रयास गरेको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पुनः पेस गर्न आदेश दिएको हो ।
न्यायाधीशको आदेशअनुसार सजाय निर्धारणका लागि पुनः पेसी तोकिने स्रेस्तेदार राजकुमार आचार्यले बताए । ०७५ भदौ १ गतेदेखि जारी भएको नयाँ कानुनले सजाय तोक्नुअघि कसुर गरेको हो हैन भन्ने विषयमा न्यायाधीशले ठहर गर्नु पर्ने व्यवस्था रहेको छ ।
पीडितलाई मोतेले ०७५ कात्तिक २८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २ गते गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो । मङ्सिर २ गते गिरफ्तार परेका मोतेलाई अदालतले मङ्सिर २७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।