INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका– ५ का २४ वर्षीय मोतिलाल घर्तीलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय बाहानेमा उजुरी दिएको प्रहरीले जनायो ।
पीडितको उजुरी पश्चात अरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते जिल्ला अस्पताल बिजुवारमा  गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो