INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितलाई आठ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

पर्वत जिल्ला अदालतले असार ११ गतेको इजालासबाट कसुर ठहरको फैसला गरी असार १५ गते आठ वर्ष कैदको सजाय निर्धारण गरेको हो ।
गत वैशाख १७ गते यौन दुर्व्यवहार गरेको भन्दै वैशाख १८ गते पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीकै आधारमा प्रहरीले वैशाख १८ गते नै आरोपितलाई गिरफ्तार गरी अदालतमा पेश गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन पर्वत जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो