INSEC Online

📅 २०८३ जेष्ठ २१

भाउजुको हत्या गरेको आरोपमा देवरसहित तीन जना गिरफ्तार

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा प्रहरीले साउन ८ गते मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, निजका छोरा १४ वर्षीय धर्मेन्द्र साह र सोही ठाउँका ५० वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

मृतकका बुवा छिन्नमस्ता गाउँपालिका-६ लालापट्टी खुदीभखारीकी ४२ वर्षीय रामकुमार साहले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको कर्तव्य ज्यानको उजुरी प्रहरीले असार २९ गते दर्ता गरेको थियो ।

हत्या गरी फालिएको मृतकको सडेगलेको लाश उनकै घरको उत्तरतर्फरहेको शौचालयको सेफ्टी ट्याङ्कीमा जेठ ३१ गते फेला परेको थियो ।

शवको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको थियो । मृतकका पति सूर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा समेत जेठ २७ गतेदेखि ‘बेपत्ता’ छन् । उनीहरू बेपत्ता हुनुको कारण खुल्न नसकेको डिएसपी रिमालले बताए ।

अन्य

भिडियो