त्रियुगा नगरपालिका-११ गाईघाटकी ४२ वर्षीया अर्पणा पराजुलीलाई ४६ वर्षीय पति सुवासकुमार पराजुलीले साउन ७ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
घरायसी व्यवहारमा विवाद चर्किँदै जाँदा आरोपितले गाईघाटको विपी चोकमा रहेको पसलमा बसिरहेकी पीडितलाई आरोपितले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट अर्पनाको टाउको र गर्धनमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय त्रियुगा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
उनको टाउकोमा १० वटा टाँका लगाउनु परेको छ । खुकुरी प्रहार गर्ने पतिलाई प्रहरीले साउन ७ गते नै गिरफ्तार गरेको छ ।