१२ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी विवाह गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले कात्तिक १९ गते ४ महिना कैदको फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गर्दै सो फैसला सुनाएको हो । भारतको सितामढी जिल्ला पानापुर स्थायी घर भई उदयपुरको कटारीमा व्यापार गर्दै आएका बालकले गत साउन ५ गते पीडितलाई प्रलोभनमा पारी भगाएर लगेका थिए ।
उमेर नै नपुगी ललाइफकाई छोरीलाई विवाह गरी भारत लगेको भन्दै पीडितका बुवाले साउन ९ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएका थिए । चौधरीलाई प्रहरीले साउन २५ गते कटारी आएको मौका छोपी गिरफ्तार गरेको थियो ।