INSEC Online

📅 २०८३ जेष्ठ २१

अवैध रूपमा मागिएको रकम नदिँदा प्रहरीद्वारा कुटपिट

अवैध रूपमा मागिएको रकम नदिँदा सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका–७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले कुटपिट गरेका छन् ।

पीडित महिलाले घर सञ्चालनका लागि सीमापारीबाट समान ल्याउने क्रममा कात्तिक १७ गते कटुवालले सीमामा रोकेर सोधपुछ समेत नगरी थप्पडले हिर्काएर आक्रमण गरेको स्थानीयहरूले बताएका छन् ।

पीडितलाई सुरूमा पैसा मागेको र नदिएकाले थप्पड हानेको स्थानीय डीके यादवले बताए । पीडितसँग ४ हजार रुपियाँ माग गरेको र नदिने भएपछि समान खोसेर आक्रमण गरेको पीडितले बताइन् ।

पीडितले प्रहरीको आक्रमण भएकाले आफैँ स्थानीय क्लिनिकमा उपचार गराएको बताइन् । उनले घटनाको बारेमा डरका कारणले कतै उजुरी नगरेको बताइन् । आरोपितको कुटपिटबाट पीडितको अनुहार सुनिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले घटनाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिकृया दिए ।

अन्य

भिडियो