INSEC Online

📅 २०८३ जेष्ठ २१

कुपोषित बालकलाई उपचारको अभाव

कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ ।

कडा खालको कुपोषणको लक्षण देखिएपछि सुविधा सम्पन्न अस्पातलमा सिफारिस गर्नुपर्ने स्वास्थ्य चौकी इञ्चार्ज दुर्गाप्रसाद आचार्यले बताए ।

‘भदौ २६ गते स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिकको शरीरमा कडा खालको कुपोषण देखिएको थियो ।’-उनले भने-‘स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ‘रिफर’ ग‍र्‍यौँ । तर, त्यहाँ पनि उपचारको सम्भावना कम रहेको आचार्यले बताए ।

पीडित परिवारसँग सुविधासम्पन्न अस्पताल लैजाने आर्थिक अवस्था नभएकाले जिल्ला अस्पतालबाट सुर्खेत वा नेपालगञ्ज लैजान नमानेको बताइएको छ ।

‘अस्पताल लैजाने पैसा छैन् भनेर रिफर गरिएको बिरामीलाई ठुलो अस्पतालमा लैजान मानेनन ।’ उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेछ ।’

पीडित बच्चाका बावु गोगन बिकले आफ्नो आर्थिक अवस्था दयनीय भएका कारण उपचारमा समस्या रहेको बताए । बालकको तौल ५ किलो २ सय ग्राम र पाखुरा ब्यारियर ७८ मि.मि. रहेको तथा दुवै गोडा ‘खाल्डो पर्ने गरी’ सुनिएको स्वास्थ्य चौकीका इञ्जार्ज आचार्यले बताए ।

तथ्याङ्क अनुसार कालिकोट जिल्लामा १९ प्रतिशत बालबालिका कुपोषित छन् । कुपोषितमध्ये अधिकांश बालबालिका दलित समुदायका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खाद्यान्नमा आत्मनिर्भर नहुँदा जिल्लामा कुपोषणबाट ग्रस्त बालबालिकाको सङ्ख्या ठूलो रहेको छ ।

अन्य

भिडियो