INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१८ का २७ वर्षीय कृष्ण साहविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते दिएको उजुरी कात्तिक १८ दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरी लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा कात्तिक १३ गते गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो