INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ४१ वर्षीय बावुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेको छ ।

पीडित पक्षले वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरिएको पनि डिएसपी पोख्रेलले बताए ।

अन्य

भिडियो