विदुर नपा-६ मान्द्रेढुङ्गाकी ४४ वर्षीया राममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४६ वर्षीय पति यमलाल राईलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले अत्याधिक मदिरा सेवन गरी चैत १५ गते खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको भन्दै चैत १५ गते मौखिक उजुरी आएलगत्तै अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कँडेलले बताए । लिखित उजुरी भने चैत १६ गते मात्रै दर्ता गरिएको छ ।
पीडित महिलाको घाँटी र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । आक्रमण रोक्ने प्रयास गर्दा उनीहरूका छोरा २१ वर्षीय राजु राई पनि घाइते भएका छन् । घाइते दुवै जनको विदुरस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।