INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नगरपालिका-२ माडीबासका २१ वर्षीय रविन राईलाई जिल्ला अदालतले कात्तिक १८ गते १० वर्षकैद र पीडितलाई २० हजार रुपिँया क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।

न्यायधीश तिर्थराज केसीको इजलासले बलात्कार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो । बलात्कार गरेको कसुरमा पाँच वर्ष र बालिकालाई बलात्कार गरेको कसुरमा थप पाँच वर्षगरी १० वर्षकैद हुने गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।

पीडितलाई राईले गत असार ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १५ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा गरिएको थियो । राईलाई प्रहरीले असार १५ गते गिरफ्तार गरेकोमा साउन ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो