INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा–५ का १८ वर्षीय भवानी आचार्यलाई गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक १७ गते प्रहरीमा उजुरी दिएपछि पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले बालिकाको सामान्य उपचार इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा गराएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भएपनि कात्तिक १७ गते मात्र उजुरी प्राप्त भएको छ ।

अन्य

भिडियो