सबैला नगरपालिका–१२ की ३७ वर्षीया जुलेखा खातुनलाई कात्तिक १३ गते कथित बोक्सीको आरोपमा सोही ठाउँका ४० वर्षीया खैतून खातुन, २५ वर्षीया अजिमा खातुन र ३० वर्षीय जुमरत राइनले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
कुटपिटबाट छाती, पेट, पिठ्यूँ, गुप्ताङ्गलगायत शरीरका विभिन्न अङ्गमा चोट लागेको पीडितले बताइन् । उनको उपचार जनकपुर अञ्चल अस्पालमा भइरहेको छ ।
आरोपितहरूले विगत केही दिनदेखि कथित बोक्सीको आरोपमा गालिगलौज र कुटपिट गर्दै आएको पीडित पक्षको आरोप छ ।
घटनाका आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।