INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा बालविवाह रद्द

रूकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको बालविवाह रद्द गरेको छ । उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले ०७५ कात्तिक १५ गते रद्द गरेको हो ।

सानीभेरी गाउँपालिका–८ का १७ वर्षीय बालक र मुसिकोट नगरपालिका–१४ की १८ वर्षीया युवती बीच हुन लागेको विवाहलाई रद्द गरेको प्रहरीले जनाएको छ ।

भागेर विवाह गर्न थालेका उनीहरूविरूद्ध बाल क्लबले प्रहरीमा सूचना दिएपछि सिम्ली प्रहरी चौकीमा दुवै जनालाई उपस्थित गराई आफन्तको जिम्मा लगाइएको छ ।

२० वर्ष उमेर पुगेपछि मात्र विवाह गराउने शर्तमा केटाकेटी दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो