INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी लागेको आरोपमा युवतीमाथि दुर्व्यवहार, आरोपित फरार

वालिङ नपा-१४ की २१ वर्षीया खगिसरा कुँवरलाई रोग निको पार्ने निहुँमा भिरकोट नपा-५ मा रहेको स्वरेक कालिका मन्दिरका धामी रामबहादुर थापाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

बिरामी भइरहने युवतीलाई उपचारका लागि भन्दै परिवारजनले कोजाग्रत पुर्णिमाको दिन स्वरेक कालिका मन्दिर लैजाँदा बिरामी निको पार्ने निहुँमा उनीमाथि कुटपिट भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको हो ।

सामाजिक सञ्जालमा थापाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको वडा प्रहरी कार्यालय, वालिङका सई नवराज चन्दले बताए ।

युवतीकी आमा मीनादेवी कुँवरलाई घटना बारे बुझ्न भनी सम्पर्क गर्दा आफूहरूले नै उपचारका लागि मन्दिर लगेको बताउँदै प्रहरीको सम्पर्कमा आउन नचाहेको प्रहरीको भनाई छ ।

युवतीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित थापा फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कोजाग्रत पुर्णिमाका दिन भएको सो घटना कात्तिक १४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मात्रै घटना प्रकाशमा आएको थियो ।

अन्य

भिडियो