२५ वर्षीया अशक्त (सुस्तमनस्थिति भएकी) युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका–१२ नागदहका ४० वर्षीय जनकराज खत्रीलाई जिल्ला अदालत उदयपुरले कात्तिक १४ गते १० वर्ष कैद र पीडितलाई ३० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कार गरेको कसुर ठहर गर्दै सो फैसला सुनाएको हो । बलात्कार गरेको कसुरमा पाँच वर्ष र अशक्त महिलालाई बलात्कार गरेको कसुरमा थप पाँच वर्ष गरी १० वर्ष कैद हुने गरी फैसला सुनाइएको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
पीडितलाई खत्रीले ०७४ फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १८ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन १७ गते कटारी अस्पतालमा गरिएको थियो । खत्रीलाई प्रहरीले फागुन १७ गते गिरफ्तार गरेकोमा चैत ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।