INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१४ का २० वर्षीय किशोर नेपालीलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

कात्तिक १३ गते बेलुकी जङ्गलमा बलात्कार गरेको भन्ने मौखिक उजुरीका आधारमा आरोपितलाई साउने प्रहरी चौकीले राति १ बजे गिरफ्तार गरेको हो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १४ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

कात्तिक १४ गते आरोपितविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

अन्य

भिडियो