INSEC Online

📅 २०८३ जेष्ठ २१

रामनगर गाउँपालिकाका वडा अध्यक्षमाथि कुटपिट

रामनगर गाउँपालिका-४ का वडा अध्यक्ष रामनरेश महतोमाथि पहिचान नखुलेका व्यक्तिहरूले कात्तिक १२ गते कुटपिट गरी घाइते बनाएका छन् ।

वडा अध्यक्ष दिनहुँ वडा कार्यालय जाने तालिका अनुसार घरबाट वडा कार्यलय गइरहेको बेला वडा नं. ४ को बहोर्वामा रोकी पहिचान नखुलेका करिब १५-१६ जनाको सामूहले कुटपिट गरी घाइते बनाएको पीडितले बताए ।

घाइते वडा अध्यक्ष महतोको टाउको, गोडा र डाढमा चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष महतोमाथि कुटपिट के कारणले भएको हो खुल्न नसकेको र कुटपिट गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुन्दन देवले बताए ।

अन्य

भिडियो