INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-७ का २२ वर्षीय अमर रोकायलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले कात्तिक ९ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् ।

घटनापछि फरार आरोपितलाई कात्तिक ११ गते राति गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी चौकी त्रिपुराकोटका सई टेकबहादुर देउवाले जानकारी दिए ।

अन्य

भिडियो