INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नपा-३ दोकानेडाँडाका ३८ वर्षीय दीपक परियारलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक ९ गते अदालतमा मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले  कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको डिएसपी महेश थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ९ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।

अन्य

भिडियो