INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ का ४७ वर्षीया नन्दकला चौलागाईलाई कथित बोक्सीको आरोपमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भन्दै प्रहरीले सोही ठाउँका २७ वर्षीय हरिशरण चौलागाईलाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २९ गते कथित बोक्सीको आरोपमा धारिलो हतियार प्रहार गरेको भन्दै पीडितले सोही दिन प्रहरी चौकी हाउडीमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई प्रहरी चौकी हाउडीबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार रहेका आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरू गरेको हो ।

पीडित महिलाको टाउको पछाडि चोट लागेका कारण जिल्ला अस्पताल कालिकोटमा उपचार भएको छ ।

अन्य

भिडियो