घोराही उपमनपा–१२ गुर्जेकी ३७ वर्षीय चम्पी नेपालीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति रामबहादुर नेपालीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरेका आरोपितले घरयासी विवादमा कात्तिक ४ गते कुटपिट गरेको र कुटपिटबाट टाउको, अनुहार, गोडामा निलडाम रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन गौतमले बताए ।
घटनाको २४ घण्टासम्म पनि उपचार नभएपछि कात्तिक ५ गते राति मृत्यु भएको पीडित पक्षले जनाएको छ ।
शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कात्तिक ७ गते गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।