INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले कात्तिक ५ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा कात्तिक ६ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक ५ गते नै गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन कुमार श्रेष्ठका अनुसार घटनाको जानकारी कात्तिक ५ गते नै आएकोले आरोपितहरूलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको छ ।

अन्य

भिडियो