INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई तीन जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितत्रयले कात्तिक ४ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

राति मेला हेर्न गएकी पीडित बालिकालाई कात्तिक ५ गते बिहान उज्यालो नहुँदै घर पुर्‍याइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीनजना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तिछेउमा पुगेपछि पीडित बालिकाले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनैजना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

आरोपी तीनैजना फरार रहेका छन्। पीडित पक्षले कात्तिक ५ गते साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ ।  पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जनाकारी दिएका छन्। समाचार साभारः अन्नपूर्ण पोष्ट

अन्य

भिडियो