महिलाविरूद्ध हुने सबै प्रकारका विभेद उन्मुलनसम्बन्धी अन्तरर्राष्ट्रिय महासन्धि–१९७९ को ७१ औँ अधिवेशन २२ अक्टोबर २०१८ मा स्वीजरलैण्डको जेनेभामा सुरू भएको छ ।

२२ अक्टोबरकै दिन नेपाली नागरिक समाजको तर्फबाट मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र र महिला तथा कानुन विकास केन्द्रको समन्वयमा सिड कमिटिमा पेश गरिएको प्रतिवेदनमाथि नेपाली गैरसरकारी संस्था र सिड कमिटि सदस्यहरूसँग अन्तरक्रिया गरिएको हो ।
शेसनमा नेपाली महिलाका मुख्य मुद्दाहरूमा छलफल गरिएको मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालयकी एड्भोकेसी म्यानेजर सम्झा श्रेष्ठले जानकारी दिइन् ।
मुख्यतः नागरिकताको सवाल, सामाजिक विभेद, जनजाति, दलित महिलाका मुद्दाहरू, महिला सहभागिता (राजनीति र राज्यका अन्य संरचनामा) महिला, बेचबिखनका सवालहरूमा अन्तरक्रियात्मक छलफल गरिएको छ ।

कार्यक्रममा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालयबाट कार्यकारी निर्देशक विजयराज गौतम, एड्भोकेसी म्यानेजर सम्झा श्रेष्ठ र अन्य सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।