INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार   

१७ वर्षीया बालिकालाई अपरहरण गरी भारत पुर्‍याएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपलिका–४ कप्तानगञ्जका २२ वर्षीय शिवकुमार मेहतालाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ फागुन २२ गते अपरहण गरी भारत पु¥याएको आरोपमा प्रहरीले  मेहतलाई इनरुवा नपा–९ बबियाको दसैँ मेलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल खत्रीले बताए ।

पीडितका बावुले दिएकोजानकारी अनुसार पीडित बालिकालाई आरोपितले होलीको समयमा अपरहण गरेको र त्यसपछि छोरीलाई बेपत्ता बनाएकाले कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिएको भएपनि बेवास्ता गर्दै आएकामा भारतबाट आरोपित घर आएको बेला स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

अन्य

भिडियो