औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए ।
दुर्गा पूजाको मेला हेर्न गएकी बालिका असोज २६ गते साँझदेखि हराएकी थिइन् । बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले औरही गाउँपालिका–५ का ३२ वर्षीय विनोद मुखिया र सोही गाउँपालिका–३ का ३० वर्षीय नथुनी पण्डितलाई असोज २७ गते गिरफ्तार गरेको डिएसपी शाहीले बताए ।
अनुसन्धानका क्रममा विनोद मुखियाले पैसा दिएर बालिकालाई फकाएको खुलेपछि उनलाई गिरफ्तार गरेको डिएसपी शाहीले बताए । मुखियाको बयानपछि नथुनी पण्डित लाई पनिगिरफ्तार गरिएको हो ।
प्रहरीका अनुसार दुवै जनाले आरोप स्वीकार गरेका छन् । पोष्टमार्टमाटका लागि जनकपुर अञ्चल अस्पतालमा शव राखिएको छ । पीडित पक्षले असोज २७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उनीहरूमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।